Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तकाे लाभांश शेयरधनीको बैंक खातामा, कति लाभांश दिँदै ?

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १० : ५७ मा प्रकाशित

लक्ष्मी लघुवित्तकाे लाभांश शेयरधनीको बैंक खातामा, कति लाभांश दिँदै ?

अर्थ संसार, काठमाडौं – लक्ष्मी लघुवित्त वित्तिय संस्थाले लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने भएको छ । संस्थाकाे साधारण सभाले पारित गरेकाे ११ दशमलव ३२ प्रतिशत नगद खातामा जम्मा गर्ने भएकाे हाे ।

संस्थाकाे मंसिर २० गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । संस्थाले  मंसिर १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्ने भएकाे हाे । 

 त्यसैगरी, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई लाभांश प्राप्त गर्न शेयर अभौतिकीकरण गरी बैंक खाता सहितको विवरण अद्यावधिक गर्न समेत संस्थाले आग्रह गरेकाे छ ।

संस्थाकाे शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको