Like us!
Follow us!
Connect us!
Watch us!

डिजेल र मट्टितेलको भाउ बढ्याे, कति पुग्याे त ?

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, ११ : १६ मा प्रकाशित

डिजेल र मट्टितेलको भाउ बढ्याे, कति पुग्याे त ?

अर्थ संसार, काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । हिजाे मध्यरातबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनले १६ डिसेम्बर २०१९ मा पठाएको नयाँ अन्तर्राष्ट्रिय बजार भाउ अनुसार खरिद मूल्य केही बढाएर पठाएकाले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब डिजेल मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको