Like us!
Follow us!
Connect us!
Watch us!

विवाहकाे माैसममा झन झन बढ्दै सुनचाँदीकाे भाउ

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, ११ : २८ मा प्रकाशित

विवाहकाे माैसममा झन झन बढ्दै सुनचाँदीकाे भाउ

अर्थ संसार, काठमाडौं – सुनको मुल्य झन झन बढ्दै गइरहेकाे छ । हिजाे प्रतितोला २ सय रुपैयाँले बढेको सुन आज (बुधबार) १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजो  प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे भने सुनको भाउ आज १ सय रुपैयाँले बढेर ७१ हजार ६ सयमा पुगेको हाे ।

त्यसैगरी, तेजाबी सुनको मुल्य पनि तोलामा एक सय रुपैयाँ बढेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज पनि तोलाकाे आठ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको