Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तले लिलामी शेयर खुलाउँदै

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, ११ : ५० मा प्रकाशित

समता लघुवित्तले लिलामी शेयर खुलाउँदै

अर्थ संसार, काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर गत सोमबार (मंसिर ३० गते) बाँडफाँड गरेको छ । बाँडफाँड नभएकाे १ लाख ६२ हजार ६० कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएकाे हाे ।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।सोमध्ये लघुवित्तले १० लाख ५१ हजार ३८० कित्ता शेयर बाँडफाँड गरेको हो । यस हकप्रदमा ५ हजार ४३३ जनाले आवेदन दिएका थिए । 

 लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको