Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर महिनामा कस्ताे रह्याे नेप्से ?

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १२ : १२ मा प्रकाशित

मंसिर महिनामा कस्ताे रह्याे नेप्से ?

अर्थ संसार, काठमाडौं – नेपाली शेयर बजार तथा नेपाल स्टक एक्सचेञ्ज मंसिर महिनामा १८.१७ विन्दुले बढेको छ । नेप्सेकाे कारोबार महिनाको पहिलो दिन मंसिर १ गते ११३५.९५ विन्दुबाट सुरु भएको थियो ।

त्यसैगरी, महिनाको अन्तिम दिन मंसिर ३० गते उक्त परिसुचक १.५९ प्रतिशतले बढेर ११५४.१२ विन्दुमा पुगेको छ ।यस बिचमा, नेप्से परिसुचक ११७२.६२ विन्दुसम्म पुगेको थियो । मंसिर २६ गते नेप्से परिसुचक सो विन्दुमा पुगेको हो ।

यसैगरी, साे अवधीमा नेप्से परिसुचक घटेर ११०९.१७ विन्दुमा पनि पुगेको थियो । मंसिर १० गते नेप्से परिसुचक घटेर सो विन्दुमा पुगेको हो । मंसिरमा नेप्से परिसुचक सुरुका दिनहरुमा घटेपनि पछि उल्लेख्य रुपमा बढेको देख्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको