Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकास बैंककाे 'क्यास ब्याक अफर'

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १३ : २७ मा प्रकाशित

देवः विकास बैंककाे 'क्यास ब्याक अफर'

अर्थ संसार,काठमाडाैं - देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ सञ्चालमा ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी पीओएस मेसिनबाट कारोबार गर्दा ३% नगद फिर्ता हुने योजना अघि सारेको हो । ‘क्यास लेस बैंकिङ’ लाई प्रोत्सान गर्न यो योजना सञ्चालमा ल्याएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले पुस १ गतेबाट नै लागू हुने गरी भारतबाट भिसा नेटवर्ककाे एटीएमबाट नगद निकाल्दा लाग्ने शुल्क पनि १ सय रुपैयाँले घटाएको छ ।
अब भारताबाट पैसा निकल्दा प्रतिकारोबार १५० रुपैयाँमात्र शुल्क लाग्नेछ । यसअघि २५० रुपैयाँ शुल्क लाग्थ्याे । 

त्यसैगरी, बैंकले नेपालभर कुनै पनि भिजा नेटवर्कको एटीमबाट कारोबार गर्दा पैसा नलाग्ने सेवालाई पनि यथावत नै राखेकाे छ ।

त्यस्तै, बैंकले मोबाइल बैंकिङ तथा इ–बैंकिङबाट टपअफ गर्दा कारोबार रकमको २% नगद फिर्ता योजना पनि अघि सारेकाे छ ।

साथै, बचत खातामा पनि निःशुल्क भिसा डेबिड कार्ड, मोबाइल बैंकिङ र इ–बैंकिङको सुविधा प्रदान गरिएको बैंकले बताएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको