Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर फुकुवा

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १३ : ५२ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर फुकुवा

अर्थ संसार,काठमाडाैं - सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर काराेबार फुकुवा भएकाे छ । बैंकले त्रैमासिक विवरणहरु नबुझाएको कारण शेयर कारोबार रोक्का भएको थियाे । बैंकको धितोपत्र स्थगन फुकुवा भएसँगै आजदेखि शेयर कारोबार पुन: खुल्ला भएको बैंकले जनाएकाे छ ।

बैंकले मंसिर ३० गते सबै विवरणहरु उपलब्ध गराएर धितोपत्र सूचीकरण स्थगन फुकुवा गर्न पत्राचार गरेपछि नेप्सेले कारोबार खुल्ला गरेकाे हाे ।

 बैंकले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार त्रैमासिक विवरणहरु नबुझाएको कारण शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको