Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ आजकाे नेप्से सूचक ?

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १५ : २२ मा प्रकाशित

कस्ताे छ आजकाे नेप्से सूचक ?

अर्थ संसार,काठमाडौं – हिजाे १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा अडिएको  नेप्से सूचक आज (बुधबार) ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा अडिएको छ ।

आज १६५ कम्पनीको २९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ४७ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।आज कुल १२ समूहको कारोबार भएकोमा ३ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापारिक समूह २०.१९ अंकले बढेको छ । 

कारोबार रकममा एनएमबि बैंक अग्रस्थानमा रहेकाे छ । यसको ४ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी, विशाल बजार, नेपाल फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सर्किट ब्रेकर लाग्ने गरी बढेको छ । नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७.६९% ले गुमाएका छन् । 

 

 

5df9f4d412d34.jpg 5df9f4d6b4ccb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको