Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली इतिहासमा पहिलाे पटक महिला नाैमती बाजा

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १५ : ३८ मा प्रकाशित

नेपाली इतिहासमा पहिलाे पटक महिला नाैमती बाजा

अर्थ संसार,काठमाडौं – महिलाहरूको एउटा समूहले नौमती बाजा मार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरूले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । महिला नौमती बाजा समुहले महिलालाई वाद्यवाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएका छन् ।

 यो समुहका महिलाहरूले देशमा पहिलोपटक पञ्चेबाजा बजाएर इतिहास रचेको समुहकी अध्यक्ष जानुका पौडेलले बताएकी छिन् । विभिन्न चुनौतीहरू पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरूक बनाएको उनले बताइन् । उनले भनिन्, 'हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं' । 

उक्त अभियानले ऐतिहासिक संस्कृतिको संरक्षण, संवद्र्धन, सामाजिक सम्मान, आत्मबल र आत्मसम्मान अभिवृद्धि, समृद्धिको अभियानमा महिलाको सक्रिय सहभागिता, सामाजिक विकृति विसंगतिको चिरफार गर्दै सुसंस्कृति निर्माणका लागि सन्देश प्रवाह गरिरहेको बताइन् । 

२०६९ सालमा आठ मार्चमा शक्तिकरण मञ्च मार्फत् स्थापना भई २०७० सालबाट महिलालाई नौमती बाजा तालिम दिन शुरू गरिएको पौडेलले बताइन् । त्यस क्रममा पहिलो टोली बिघटन भएको, दोस्रो टोली पलायन, तेस्रो टोलीले विद्रोह गरेको र अहिले दुईवटा टोली सक्रियताका साथ संस्था अन्र्तगत सक्रिय भएको जानकारी दिइन् ।

सबै किसिमका आरोह र अवरोह पार गर्दै नौमती बाजा समूह निरन्तर सक्रिय रहेकाे छ । तालिम दिने क्रममा एक व्यक्ति बराबर ८० हजार खर्च भएको जानकारी गराउँदै   विद्रोह गर्ने कृष्ण क्षेत्री लगायतको समूहले ऋणमा पारेर गएको पौडेलले बताइन् । महिला नौमती बाजा समुहको इतिहासलाई छोपेर व्यक्तिगत लाभमा केही व्यक्तिहरू सक्रिय भएकाले सचेत रहन आग्रह गरिन् । 

महिलाहरू नौमती बजाएर उत्पादनशील कार्यमा लागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् ।बजाउने महिलामा आत्मबल बढिरहेको र बजाएको देख्नेहरूमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाई थियो । समाजमा सही सन्देश जाँदाआफूहरू उत्साहित भएको बताइन् । 

प्रशिक्षणका लागिआर्थिक खर्च, तालिमका लागि सही स्थानको अभाव र तालिमलिंदा र लिइसकेपछि प्रशिक्षण लिनेहरूलाई टिकाउनै कठिन हुनेगरेको अनुभव सुनाइन् । विद्रोह गर्ने र धोका दिनेहरूका कारण केही समस्या भएपनि चुनौतीसँग लडेर अगाडि बढ्ने बताइन् । सबै किसिमको चुनौतीका बाबजुद महिला नौमती बाजा समुह निरन्तर सक्रिय भइरहेको उनको भनाई छ । 

विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरूको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोह देखि विशेष कार्यक्रममा आफूहरूले नौमती बाजाको प्रस्तुती गर्ने गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नौमति बाजा समुहले वाद्यवाधन र गायनकला समेत प्रदर्शन गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको