भिजन लुम्बिनी नेपालले आईपीओको प्रस्ताव सहित पुस १९ गते बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान ८ बजे दशौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
यसका लागि आवश्यक प्रकृया पुरा गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने १० प्रतिशत लाभांश बाँड्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस