Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिको गत आबको वित्तीय विवरण सार्वजनिक, १ अर्ब नाफा कमाउँदा अन्य सूचक कस्ता ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ०८ : २२ मा प्रकाशित

नेपाल रिको गत आबको वित्तीय विवरण सार्वजनिक, १ अर्ब नाफा कमाउँदा अन्य सूचक कस्ता ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिनै लाग्दा यो कम्पनीले भने गत आवको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो । 

अन्य बीमा कम्पनीहरूले भने चालू आवको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको असार मसान्तसम्म १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । कम्पनीले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आवको अन्त्यसम्म ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवको अन्त्यसम्म भने कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँबाट बढेर १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ९ अर्ब ६६ करोड ८४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा ९३ करोड ३७ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.४३ रुपैयाँबाट घटेर ७.७१ रुपैयाँमा झर्दा प्रतिसेयर नेटवर्थ १५२.९४ रुपैयाँमा कायम भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको