‘गिरिबन्दु टी–स्टेट’ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । चितवनका सञ्चिव भट्टाईले उजुरी दर्ता गर्दै ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार र सत्ता दुरुपयोग गरेको आरोप लगाएका छन् ।
ओली प्रधानमन्त्री हुँदा गरेका पटक–पटकका सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष फाइदा पुग्ने गरी गरिएको निवेदनमा दाबी गरिएको छ । विशेषतः उजुरीमा गिरिबन्दु टी–स्टेटसँग सम्बन्धित ३४३ बिघा जग्गा, स्मार्ट सिटी परियोजना, तथा मल्होत्रा समूहसँग जोडिएका मुद्दा प्रभावित हुने गरी सरकारी निर्णय र नीतिगत हेरफेर गरिएको उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस