Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश सिजन : वाणिज्य बैंकमध्ये ११ बैंकको लाभांश घोषणा, सबै भन्दा धेरै एभरेष्टको

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, १७ : १२ मा प्रकाशित

लाभांश सिजन : वाणिज्य बैंकमध्ये ११ बैंकको लाभांश घोषणा, सबै भन्दा धेरै एभरेष्टको

अहिलेको यो सिजन लाभांश घोषणा गर्ने समय हो । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । हालसम्म वाणिज्य बैंक समूहका ११ वटा बैंकले लाभांश घोषणा गरेका छन् । 

नेप्सेमा सूचीकृत भएका १९ वटा वाणिज्य बैंकहरुमध्ये अब ७ वटाको मात्रै लाभांश घोषणा हुन बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबै भन्दा धेरै लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा एभरेष्ट बैंक रहेको छ । यो बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद रहेको छ । 

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुका लागि १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लांभांश दिने घोषणा गरेका छन् । गत वर्षको मुनाफाबाट सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद दिने घोषणा गरेको छ भने लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

यस्तै एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ९ प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
त्यस्तै सानिमा बैंकले ७.३७ प्रतिशत नगल लाभांश दिने घोषणा गरेको छ भने सबैभन्दा कम सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ । वाणिज्य बैंकहरुमध्ये बैंकहरुमध्ये कुमारी बैंकले कुनै पनि लाभां वितरण गरेन् । 

अहिलेसम्म पनि लाभांश घोषणा नगर्ने ७ वटा बैंकमा नविल, प्रभु, हिमालयन, नेपाल बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंक रहेका छन् । लाभांश घोषणा गर्न बाँकी रहेका ७ वटा बैंकमध्ये नविल र प्रभु बैंकले मात्रै लाभांश वितरण गर्ने क्षमतामा रहेका छन् । अन्य बैंकहरुको भने लाभांश वितरण गर्न सक्ने अवस्था देखिदैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको