लक्ष्मीराज पाध्याय
बाजुरा – बाजुरा जिल्लामा आजदेखी राष्ट्रपति रनिङ्ग सिल्ड सुरु भएको छ । बाजुरा जिल्लाको आटीचौर गाबिसमा संचालन भएको रनिङ्ग सिल्डमा जिल्ला भरका ३२ वटा माध्यामिक बिद्यालयको सहभागीता रहेको छ ।
नवौ राष्ट्रिपति रनिङ्ग सिल्ड यस जिल्ला सदरमुकाम मार्तडीमा हुँदै आइरहेको थियो भने यस बर्ष नयाँ ठाउँमा संचालन गरिएको जिल्ला खेलकुद बिकास समिति बाजुराका अध्यक्ष हिक्मत थापाले बताए ।
आज बिहान ८ बजे देखी औपचारीक रुपले खेलको उद्धघाटन गरिएको छ । खेल ४ दिन सम्म चल्ने आयोजक जिल्ला खेलकुद बिकास समिति बाजुराले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस