Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १० : ०९ मा प्रकाशित

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं- एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । बैंकले साधारण सभा प्रयोजनका लागि भाेलीदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

एनएमबि बैंकको २४ औं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१% बोनस सेयर र १४% नगद गरी कुल ३५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।  

उक्त सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा बिहान १० बजे सुरु हुनेभएकाे छ । सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेकाे छ । 

त्यसैगरी, सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । बोनस पश्चात बैंकको चुक्ता पुँजी बढ्ने हुँदा सोही बमोजीम् नियमावली संसोधन गर्ने प्रस्ताव पनि लगिँदैछ ।

यसैगरी, उक्त सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको