Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ आज विदेशी मुद्राको सटही दर, कुन कुन बढ्याे ?

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १० : ३१ मा प्रकाशित

यस्ताे छ आज विदेशी मुद्राको सटही दर, कुन कुन बढ्याे ?

अर्थ संसार, काठमाडौं – आज (बिहीबार) ओमानी रियाल र मलेसियन रिंगिटको भाउ बढेको छ । अरु विदेशी मुद्राकाे भाउ भने यथावतै रहेकाे छ । 

नेपाल राष्ट्र बैंकले तोकेको  मूल्य अनुसार आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा रहेकाे छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा नै रहेको थियो । 

आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा रहेको थियो । 

यसैगरी, आज ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिदर २९५ रुपैयाँ २६ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा ताेकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा नै रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा नै रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ रहेको छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ थियो । 

त्यसैगरी, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा थियो। 

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा रहेको छ । हिजोे पनि खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा नै रहेको थियो ।

साथै, बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा रहेकाे छ । हिजो पनि खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा नै रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको