Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सकाे लाभांश बदलियाे, अब कति भयाे ?

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १२ : ४८ मा प्रकाशित

किसान माइक्रोफाइनान्सकाे लाभांश बदलियाे, अब कति भयाे ?

अर्थ संसार,काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाकाे वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभामा कम्पनीले २३.९५% बोनस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा होटल शान्ति, लम्कीचुहा-१ लम्की कैलालीमा बिहान ११ बजे सुरु हुनेछ ।

यसअघि संस्थाले गत वर्षको नाफाबाट २४% बोनस सेयर र कर प्रयोजनार्थ १.१४% नगद गरी कुल २५.१४% लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो । तर, नेपाल राष्ट्र बैंकको निर्देशन पछि संस्थाले लाभांश संशोधन गरेर २३.९५% मात्र बोनस सेयर वितरण गर्ने बताएको छ ।

बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीबाट १००% हकप्रद ल्याउने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, अब बोनसमा लाग्ने कर पनि सेयरधनी स्वयंले खर्च गर्नुपर्नेछ । सभामा अधिकृत पुँजी २५ करोड र जारी तथा चुक्ता पुँजी २१ करोड ३२ लाख १७ हजार ५५० रुपैयाँ पुर्याउने र सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेकाे छ ।

प्रयोजनका लागि संस्थाले पुस १५ गतेबाट २१ गतेसम्म बुक क्लोज गर्दैछ । हाल किसानको सेयर कारोबार रोक्का गरिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको