Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंककाे लाभांश घाेषणा, दिने भो कति ?

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १४ : २६ मा प्रकाशित

गण्डकी विकास बैंककाे लाभांश घाेषणा, दिने भो कति ?

अर्थ संसार, काठमाडौं – गण्डकी विकास बैंककाे हिजाे बसेकाे सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १७.३२% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले नगद लाभांश वितरणका लागि ४७ करोड ६३ लाख रुपैयाँ खर्च गर्नेछ ।

गत वर्ष बैंकले १४.२% नगद लाभांश घोषणा गरेको थियो । यस हिसाबले हेर्दा लाभांश अनुपात केही बढेको देखिन्छ । 

आगामी साधारण सभा र नियामक राष्ट्र बैंकले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्न सुरू हुनेछ ।

गण्डकीलाई मेगा बैंकले एक्वायर गर्दैछ । मेगा र गण्डकी बैंकबीच एक्विजिसन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । साेही कारण गण्डकीको हाल दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको