Like us!
Follow us!
Connect us!
Watch us!

रङ्गशाला बनाउन धुर्मुश सुन्तलीकाे ठेला पसल सुरू

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १४ : ४४ मा प्रकाशित

रङ्गशाला बनाउन धुर्मुश सुन्तलीकाे ठेला पसल सुरू

अर्थ संसार, काठमाडौं – धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै गरेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । 

रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिएका छन् । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु पनि बिक्री गरिने उनले जानकारी दिए ।

गत आइतबारबाट ठेला पसल सञ्चालनमा ल्याइएको हो ।  सोमबार रु तीन हजार ३०० बचत भएको छ ।  रङ्गशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न शुरु गरेका छन् । रङ्गशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ  । एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रङ्गशालाको अवलोकन गरेका छन् ।  

पछिल्लो समय विद्यार्थी, सहकारी,आमा समूह, टोल विकास समितिलगायतका सङ्घ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शाङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए  । 

निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुन सकेको छैन । रु आठ करोडको हाराहारीमा बोलकबाेल भएकोमा रु एक करोड मात्र सङ्कलन भएको  छ । हालसम्म विभिन्न क्षेत्रबाट बोलकबाेलको बाहेक रु तीन करोड सङ्कलन भएको उनले जानकारी दिएका छन् ।

रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएकाे छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने फाउण्डेशनले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको