Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे नेप्से सूचक, कति पुग्याे ?

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १५ : २३ मा प्रकाशित

घट्याे नेप्से सूचक, कति पुग्याे ?

अर्थ संसार,काठमाडौं – हिजाे ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा अडिएको नेप्से सूचक आज (बिहीबार) पनि २.४२ अंकले घटेर ११४९.६४ विन्दुमा अडिएको छ । आज १७२ कम्पनीको ४१ करोड ९० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १२ लाख ८९ हजार १३४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

त्यसैगरी, आज १२ समूहको सेयर कारोबार भएकामा ६ समूह बढेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३९.८६ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक १.९४ अंकले तल झरेको छ ।



आज सबैभन्दा धेरै एनएमबि बैंकको १२ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल फाइनान्सको सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको छ ।

त्यसैगरी, शिवम् सिमेन्ट्सको पनि ६.७६% ले भाउ बढेको छ । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६.७७% ले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको