Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला र धौलागिरी लघुवित्त मर्ज हुँदै

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १५ : ५९ मा प्रकाशित

आँधिखोला र धौलागिरी लघुवित्त  मर्ज  हुँदै

अर्थ संसार, काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का भएको छ । धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै नेप्सेमा यसको कारोबार रोकिएको हो ।

आँधिखोला र धौलागिरी लघुवित्तबीच हिजाे मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको छ । बाग्लुङ जिल्लामा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त र स्याङजा जिल्ला केन्द्रीय कार्यालय रहेको आँधिखोला एकआपसमा मर्जरमा जान लागेका हुन् ।

मर्जरपछि केन्द्रीय कार्यालय पोखरा रहनेछ । हाल आँधिखोला लघुवित्तको चुक्ता पूँजी १० करोड र धौलागिरी लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । दुई संस्था एकआपसमा गाभिएपछि चुक्ता पुँजी १७ करोड पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको