Like us!
Follow us!
Connect us!
Watch us!

पाँच दिनपछी फेरी बढ्याे सुनकाे मूल्य, कति पुग्याे ?

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १२ : ५१ मा प्रकाशित

पाँच दिनपछी फेरी बढ्याे सुनकाे मूल्य, कति पुग्याे ?

अर्थ संसार,काठमाडाैं - नेपाली बजारमा लगातार पाँच दिन देखि स्थिर रहेको सुनको मूल्य वृद्धि भएको छ । 

पाँच दिनदेखि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएर ७१ हजार ९ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

साेमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ९ सय र तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको महासंघले बताएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमाबार प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको