Like us!
Follow us!
Connect us!
Watch us!

करणीको अभियोगमा वडा सदस्य पक्राउ

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १६ : २१ मा प्रकाशित

करणीको अभियोगमा वडा सदस्य पक्राउ

अर्थ संसार,काठमाडाैं - प्रहरी कार्यालय भोजपुरले भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राई रहेका छन् । 

गत मङ्सिर १५ गते पीडितले उक्त घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ ।

जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको