स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच २४ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूले कार्यभार ग्रहण गरेका हुन् ।
सोही अवसरमा निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । इप्पानले यस पटक विधान संशोधन गर्दै संस्थाको नेतृत्व चयन प्रक्रियामा दीर्घकालीन महत्त्व राख्ने परिवर्तनहरू समेत गरेको छ । इप्पानको नयाँ नेतृत्वमा मोहनकुमार डाँगी अध्यक्ष रहेका छन् । उनी विधान संशोधनअघिको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा चयन भएका छन् ।
संशोधित विधान अनुसार अब उपाध्यक्ष र सचिवको संख्या ७–७ पुर्याइएको छ । उपाध्यक्षहरूमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल रहेका छन् । महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् । त्यसैगरी, सात सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई, सुमनकुमारी जोशी, कृष्ण घिमिरे र दीपक पौडेल रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी शंकर बस्यालले पाएका छन् ।
कार्यसमिति सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट विधान स्वीकृत भएपछि इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई स्थायी आमन्त्रित सदस्य बनाउने प्रस्ताव गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस