Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, ११ : ३१ मा प्रकाशित

ह्वात्तै बढ्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार दुई दिनदेखि सुनको मूल्य बढ्ने क्रम जारी रहेकाे छ । हिजाे (मंगलबार) तीन सयले बढेको सुन आज (पुस ९ गते बुधबार) ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 बुधबार छापावाला सुन ६ सयले ७२ हजार ८ सय पुगेकाे छ । मंगलबार ७२ हजार २ सयमा कारोबार भएको थियाे । 

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित) 

त्यसैगरी, बुधबार तेजावी सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसका साथै, चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे (मंगलबार) प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको