Like us!
Follow us!
Connect us!
Watch us!

श्रीमानकाे कुटाइले श्रीमतीको मृत्यु

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १३ : ४२ मा प्रकाशित

श्रीमानकाे कुटाइले श्रीमतीको मृत्यु

अर्थ संसार, काठमाडाैं - सुनसरीको धरान उपमहानरपालिका– १५ मा गएराति श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन् ।

श्रीमान काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको शर्माले बताए ।

श्रीमती हत्यामा संलग्न काजीमानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको