अर्थ संसार, काठमाडौं–पशु अधिकारकर्मीले कुकुर हत्याकादोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरी देखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार रिपोर्टर्सक्लब नेपालमा दश वटा पशु अधिकारमा सक्रिय संघसंस्थाले संयुक्तपत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने दृयटा व्यक्त
गरेका हुन् ।
तिनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमाविगत दुई वर्ष देखि बस्दै आएको सेत नाम गरेको कुकरको हत्यागरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए । शनिबार २१ मंसिरमासेतुको हत्यामा संलग्न दोलाबिगु गाउँपालिका घर भई काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकीपत्नीप्रीती शेर्पासहित सातजनाको समूहले हत्या गरेको श्रेष्यठको भनाई रहेको छ । घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुई जनाप्रहरी पनि संलग्न रहेको दाबीगरिएको छ । श्रेष्ठले भने,‘कुकुर हत्या सामान्य हो भनीप्रहरी देखि सरकारी वकिल सम्मले बेवास्ता गर्न खोजिएकाले गम्भीरताका साथ कानुनी उपचारका लागि लागेका छौं ।’
घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वुत्तबानेश्वरमा सेतु मारिएकोबारे उक्त भवनका केही बहालवाला व्यवसायीहरु मिली निवेदन दिइएको एसपीसीए नेपालका अध्यक्ष श्रेष्ठले बताए । उनले घटनाका दोषीमािथ कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरे । निवेदकहरुलाई सेतुको मालिक नएको कारण उल्टो गालि र हप्किदप्कि गरी पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एसपीसिए नेपालका संयाजक विकेश श्रेष्ठले सेतुबाहेक अरु कुकुरहरु अत्याधिक मात्रामा मरिरहेको र यसबारे कसैको ध्यान नपुगेको बताए । उनले भने, ‘प्रहरीले हामीलाई मिलापत्र गर्नृुस् भन्नुभयो । कुकुर मरेको कुनै ठूलो विषयन भएको उनलाई प्रहरीले बताए ।’प्रहरीद्धारा निवेदन अस्वीकार गरेपछि सबिना आपा गाईँले सेतु मारिएको घटनालाई आफ्नो सामाजिक संजालमाफर्त सार्वजनिक गरेकी थिइन् । सार्वजनिक गरिएपछि गैर सरकारी संस्था एसपीसिए नेपालको ध्यानाकर्षण पुगेको बताइयो । सो पोस्टलाई एसपीसिए नेपालले समेत आफ्नो सामाजिक संजालमा पोस्ट गरेका थिए ।
२४ मंसिर मंगलबार उक्त घटनालाई एसपीसिए नेपाल लगायत नौ वटा गैर सरकारी पशु कल्याणकारी संस्थाले जाहेरी दिनप्रहरी वृत्त पुगेका थिए । प्रहरीद्धारा सो निवेदनदर्ता गर्न नमानिएपछि मिलापत्र गर्न सुझाव दिइएको जनाइयो ।
प्रहरीले निवेदनदर्ता नगरेपछि मंसिर २९ गते संस्थाहरु सरकारी वकिलपुगेको एसपीसिएका श्रेष्ठले बताए । सरकारी वकिलचन्द्र कान्त खनालले पनि सो घटना अध्ययन गर्न एक महिना समय लाग्ने भनिएको बताइयो । संस्थाहरु सरकारी वकिलको कार्यलय बारम्बार धाउँदा उनीहरुलाई फर्कोइएको श्रेष्ठले बताए । त्यसपछि संस्था माहान्यायाधिवक्ता अग्नी प्रसाद खरेल कहाँपुग्दासरकारी वकिलको काममा हस्तक्षेप गर्न नमिल्ने बताएर फकाइएको श्रेष्ठनको भनाई छ ।
मुलुकी अपराध संघियता २०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गनृ नहुने र सो गर्ने वा गराउनेलाई तीन महिना सम्म कैद वा पाँच हजार रुपैयाँ सम्म जरिवानावा दुवै सजाय हुने व्यवस्था नेपाल सरकारले गरेको अधिवक्ता पदमबहादुर श्रेष्ठको भनाई छ । उक्तधारा अनुसार अभियुक्तलाई कारवाही हुनु पर्ने भन्ने कुराको माग कल्याणकारी संघहरुको माग रहेको छ ।
यसो गर्नाले सेतु जस्तै लाखौँ अरु निर्दोष पशुहरु प्रति भविष्यमाहुन सक्ने हिंसा न्यूनीकरणमा ठूलो योगदान पुग्ने अधिवक्ताश्रेष्ठले बताए ।कार्यक्रम गैर सरकरी पशु कल्यानकारी संस्था एसपीसिए नेपाल, एनिमल नेपाल, श्री नेपाल रेस्क्यू एनिमल नेपाल, प्रोजेक्ट ह्यूमन नेपाल, स्नेहा केयर, नेपाल भेजिटेरियनएसोसिएसन, गाई बाछा बचाउअभियान, द जेन गुडअल इन्सटिटियूट नेपाल, फर केयर र टुगेदर फर पजद्धारा संयूक्त रुपमा पत्रकार सम्मेलन गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस