अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कैलाश विकास बैंक र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हाे ।
कैलाश विकास बैंककाे १६ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता २०५ रुपैयाँ १७ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।
त्यसैगरी, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १२.५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५३६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायाेजन भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस