अर्थ संसार, काठमाडौं - अरु शेयरधनी जस्तै म पनि सिभिल बैंकको शेयरबाट पीडित भएको सिभिल बैंकका संचालक समितिका अध्यक्ष इच्छाराज तामाङ्गले बताएका छन् ।
गत पुष ६ गते बैंकको ९ औं वार्षिक साधारणसभामा शेयरधनीको प्रश्नमाथि उत्तर दिने क्रममा अध्यक्ष तामाङ्गले विगत ९ वर्षदेखि म पनि सिभिल बैंकको शेयरबाट पीडित छु, अरु शेयरधनी जस्तै भएको बताए ।
अध्यक्ष तामाङ्ग बैंक मर्जरमा लागि सधै तयारी भएको भन्दै उपयुक्त पार्टनरको विषयमा गहिरो अध्ययन समेत भैरहेको बताएका छन् ।
दोस्रो शेयर बजारमा पुष १३ गते सिभिल बैंकको प्रतिकित्ता १ सय ३५ रुपैयाँमा कारोबार भएको छ । अझै घट्ने क्रममा रहेको सिभिल बैंकको चार्टले देखाउँछ ।
हेरौं भिडियोमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस