अर्थ संसार, काठमाडौं – इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरले ४० करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न गोरखा होटल सञ्चालनमा ल्याउँदै छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी पुस १६ गतेदेखि सप्ताहव्यापी रुपमा उक्त हाेटल उद्घाटन हुने भएकाे छ ।
पूर्वी नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले त्यसलाई लक्षित गरेर उक्त होटल सञ्चालनमा ल्याइएको सञ्चालक बलराम आचार्यले बताएका छन् । होटल सञ्चालनले पूर्वी नेपालमा आउने स्थानीय तथा बाह्य पर्यटकलाई पनि सहयोग पुग्ने आशा गरिएकाे छ ।
यही पुस १६ गतेबाट सञ्चालनको तयारीमा रहेको होटलले स्विट एक्ज्युकेटिभ, डिलक्ससहित ४२ कोठाबाट सेवा प्रदान गर्नेछ । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस