Like us!
Follow us!
Connect us!
Watch us!

विश्वपक फुटबल : तीनै खेल बराबरीमा, स्पेन केप भर्डेसँग बराबरीमा रोकियो

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, ०७ : ०५ मा प्रकाशित

विश्वपक फुटबल : तीनै खेल बराबरीमा, स्पेन केप भर्डेसँग बराबरीमा रोकियो

फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन । मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । 

उसले खेलको ८० औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको छ । उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एच’ अन्तर्गत अमेरिकाको एटलान्टामा गए राति भएको खेलमा सन् २०१० को विश्वविजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाब दिए पनि गोल गर्न सकेन । खेल गोलरहित बराबरीमा सकिएको हो । केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्त्वपूर्ण एक अङ्क दिलाए । 

त्यस्तै, समूह ‘जी’को आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ । बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो ।  १–१ गोलको बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । अहिले बिहान पौने ७ बजेबाट इरान र न्युजिल्याण्डले खेलिरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको