अर्थ संसार, काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूकाे खातामा धमाधम लाभांश पठाइरहेकाे छ । बैंककाे मंसिर २ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरे बमाेजिम आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट छुट्टाइएकाे १२.७५ प्रतिशत नगद लाभांश वितरण गरेकाे हाे ।
नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीहरुकाे बैंक खातामा रकमान्तर गरिएको बैंकले जनाएको छ । यसका साथै, बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि अनुराेध गरेकाे छ ।
ग्लोबल आईएमई बैंककाे सूचना
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस