अर्थ संसार, काठमाडौं– पछिल्लो समय युवापुस्ता देखि बुढाबुढीसम्म लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको न्युज फीड परिवर्तन हुने भएको छ ।
हामीले प्रयोग गर्दै आएको न्यूज फीडको डिजाइन फेसबुकले केही फेर्दैछ भने केही नयाँ फिचर पनि थप गर्दैछ । केही समयपछि परिवर्तन हुने फेसबुकको नयाँ न्यूज फीडमा हामीले नयाँ साथिलाई स्वीकृत गर्ने ठाउँ परिवर्तन हुँदैछ भने नोटिफिकेसन आउने तरिका पनि फरक हुनेछ ।
व्यक्तिगत प्रोफाइलको अक्षर अझ ठूलो हुने र लेआउट पनि सरल हुने फेसबुकले जनाएको छ । त्यस्तै अब फोटो र भिडियोहरुलाई फूल स्क्रीनमा हेर्न सकिन्छ । फेसबुकले ल्याउने लागेको नयाँ फिचरमा सवै भन्दा फरक र प्रयोगकर्ताको लागि नयाँ चाहि न्यूज फीडको डार्कमोड रहने छ । अर्थात, प्रयोगकर्ताले अब न्यूज फीडलाई अध्याँरो पारेर पनि प्रयोग गर्न सक्नेछन् ।
यस्तो देखिदै छ नयाँ फेसबुक
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस