Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको व्यवस्थापनका पदाधिकारीले बुझे १२ करोड, सिइओको तलव/ भत्ता कति ?

अर्थ संसार

बुधबार, १६ पुस २०७६, ०८ : ०९ मा प्रकाशित

सनराइज बैंकको व्यवस्थापनका पदाधिकारीले  बुझे १२ करोड, सिइओको तलव/ भत्ता कति ?

अर्थ संसार, काठमाडौं- सनराई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ मा  कार्यालय संचालन खर्चमा ८९ करोड २० लाख ५८ हजार ५२३ रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी बैंकले कर्मचारी खर्च (कर्मचारी बोनस व्यवस्था रकम समेत ) गरी  १ अर्ब १५ करोड २ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी  बैंकको कार्यकारी प्रमुख  (सिइओ) तलव भत्ता १ करोड २७ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।  यसमा बैंकको दशै भत्ता, बोनस समावेश गरिएको छैन् ।

  जनक शर्मा पौड्याल  बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । त्यसै गरी १२ करोड ७३ लाख ९२ हजार रुपैयाँ व्यवस्थापन तहका पदाधिकारीहरुले तलव भत्ता बुझेका छन् ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट !

बैंकले संचालकहरुले बैठक भत्ता वापत १७ करोड ४४ हजार रुपैयाँ खर्च गरेको छ ।  बैंकले चुत्तापुँजीको ५.८० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर शेयरधनीलाई दिएको थियो । बैंकको १२ औं वार्षिक वार्षिक साधारणसभा कार्तिक १५ गते नक्साल बेङ्कक्वेट, नक्साल काठमाडौंमा गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको