अर्थ संसार, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको  मूल्य बढाएको छ । हिजाे मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको छ ।
निगमका अनुसार बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हो । इण्डियन आयल कर्पोरेसनले १६ डिसेम्बर २०१९ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।
नयाँ मूल्य अनुसार अब डिजेल र मट्टितेल प्रतिलिटर १०० रुपैयाँ कायम भएको छ । पेट्रोल प्रतिलिटर  १११ रुपैयाँ कायम भएको छ । हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेकाे छ ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस