अर्थ संसार, काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन समाराेह हिजाे (बुधबार) काठमाडाैंकाे दशरथ रङ्गशालामा सम्पन्न भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समाराेहबीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभएकाे थियाे । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएकाे हाे ।
उक्त कार्यक्रममा नेपालको ऐतिहासिक र सांस्कृतिक विविधता झल्कने किसिमका प्रस्तुतिहरू देखाइएकाे थियाे ।
३५ देशका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारकाे सहभागीता रहेकाे उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस