Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पत्रकार महासंघ धादिङमा छत्कुली प्यानल विजयी

बुधबार, १८ फागुन २०७३, १७ : ०४ मा प्रकाशित

नेपाल पत्रकार महासंघ धादिङमा छत्कुली प्यानल विजयी

अर्थ संसार 
काठमाडौं– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुलीको प्यान विजय भएको छ । सदरमुकाम धादिङवेशीमा मंगलबार सम्पन्न ८औँ महाधिवेशनबाट बहुमतले नवराज छतकुली ९६ मत प्राप्त गरी पुनःअध्यक्षमा निर्वाचित भएका हुन ।

उनको  प्रतिद्वन्द्वी पोषनाथ अधिकारीले ८९ मत प्राप्त गरेका थिए । कुल मतदाता १ सय ९४ रहेकामा १ सय ८७ जनाले मतदान गरेका थिए । कार्यसमिति सदस्य र केन्द्रिय पार्षद सबै छत्कुलीको प्यानलबाट विजयी भएका हुन् ।

 उपाध्यक्षमा गोविन्द बुढाथोकी, महिला उपाध्यक्षमा गायत्री खतिवडा, सचिवमा राजाराम शर्मा, कोषाध्यक्षमा शंकर श्रेष्ठ, सहसचिवमा रामबहादुर (आशिष) ठकुरी र सरिता श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन श्रेष्ठ, रामकुमार थापा, प्रतिभा पराजुली, सुनिता बाग्दास, माधव घले, लालकाजी श्रेष्ठ, प्रविण तिमिल्सिना, राजाराम डंगोल निर्वा्चित भएका छन् ।

स्तै केन्द्रिय पार्षदहरुमा सुवास खतिवडा, केशव अधिकारी, रामेश्वर कार्की, सरोज पौडेल, सुर्दशन खतिवडा, सानुबाबु तिमिल्सीना, कपिलदेव सापकोटा, राधिका सापकोटा, फणिन्द्र सिलवाल, रामचन्द्र रुपाखेती, राजेन्द्रकुमार बस्नेत, एशोदा नेपाल, उद्धव चेपाङ, भुवन पौडेल, सुनिता सिम्खंडा, भरत रेग्मी, सुशिला अर्याल, रामचन्द्र खतिवडा, रामहरि त्रिपाठी निर्वाचित भएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तथा प्रेस चौतारी नेपाल तथा प्रेस सोसाइटीबीच गठबन्धन भई चुनावी प्रतिस्पर्धा गरेका थिए । रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको