Like us!
Follow us!
Connect us!
Watch us!

डिसहाेमकाे विशेष च्यानल 'Rhymes' शुरू, के-के छन् सुविधा ?

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, १६ : ५९ मा प्रकाशित

डिसहाेमकाे विशेष च्यानल 'Rhymes' शुरू, के-के छन् सुविधा ?

अर्थ संसार, काठमाडौं – Dish Home नेपालमा रहेको अग्रणी DTH सेवा प्रदायक कम्पनी हो । जसले थुप्रै डिजिटल HD च्यानलहरू उपलब्ध गराउँदै आइरहको छ ।

चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुद होस् या त्यो केहि सिक्नको लागि होस् Dish Home ले आफ्नो विभिन्न च्यानलहरू मार्फत दर्शकवर्गहरूलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

यस्तै, मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै Dish Home ले एउटा विशिष्ट च्यानल 'Rhymes' मार्फत भोलिको कर्णधारहरूको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरूको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो ।

उक्त च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिन्छ । यो च्यानलले बच्चाहरूको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरूको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्दछ । 

तसर्थ यो च्यानलले बच्चाहरूलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ । 

आफ्नो दर्शकहरूद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको Dish Home ले यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको