अर्थ संसार, काठमाडौं – आज (बिहीबार) पनि शेयर बजार १५.९५ अंकले घटेकाे छ । कुल १७२ वटा कम्पनीको ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपैयाँको कारोबार भएकाे छ ।
१३१३.४२ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १२९७.४७ अंकमा आइपुगेको छ ।
बिहीबार अन्य १.७२ अंक र लाइफ इन्स्योरेन्स ४०.८८ अंकले बढेकाे छ ।
त्यसैगरी, बैंकिङ २१.२३ अंक, व्यापार ११.६६ अंक, होटल ३२.५६ अंक, विकास बैंक १९.२७ अंक, जलविद्युत १५.५२, अंक, फाइनान्स ७.२६ अंक, निर्जिवन लाइफ ६६.६२ अंक, उत्पादन १२.५४ अंक, माइक्रोफाइनान्स १४.९८ अंक र सामूहिक लगानी कोष समूह ०.०२ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस