अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले एक हजार रूपैयाँको नोटमा दुई वटा हात्तीको चित्र राख्ने भएको छ । राष्ट्र बैंकले ४ महिना सम्ममा दुई वटा हात्तीको चित्र भएको नयाँ हजार रूपैयाँको नोट ल्याउने भएकाे छ ।
यसैगरी, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अब जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने छ ।
त्यस्तै, हाल प्रचलनमा रहेको हजारको नोटमा रहेको हात्तीको तस्वीर अफ्रिकन मुलकाे हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रूपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस