Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसि बैंककाे नाफासँगै ब्याज आम्दानी पनि बढ्यो

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १३ : ३८ मा प्रकाशित

एनसिसि बैंककाे नाफासँगै ब्याज आम्दानी पनि बढ्यो

अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले (एनसिसि) चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २.२२ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले ७३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा १३.६४ प्रतिशत धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा २.५२ प्रतिशत कम हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २१ रुपैयाँ १२ पैसा रहेकाे थियाे । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५६ रूपैयाँ १८ पैसा रहेकाे छ ।

यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन नाफा २.७२ प्रतिशतले बढाएर १ अर्ब ५ करोड ९३ लाख रुपैयाँ पुर्याएकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e3fbaf48659e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको