Like us!
Follow us!
Connect us!
Watch us!

७० करोड कमिसन अडियोपछि मन्त्री बास्कोटाले मुख खोले : 'खाएको विष लाग्छ, नखाएको लाग्दैन'

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, ११ : २६ मा प्रकाशित

७० करोड कमिसन अडियोपछि मन्त्री बास्कोटाले मुख खोले : 'खाएको विष लाग्छ, नखाएको लाग्दैन'

अर्थ संसार, काठमाडौं– ७० करोडको कमिसनको डिल काण्ड सार्वजनिक भएपछि संचारमन्त्री गोकुल बाँस्कोटाले मुख खोलेका छन् ।

नेपालगंजमा एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा यस कमिसन अडियो प्रकरणमा बोल्दै मन्त्री बास्कोटाले भने- 'खाएको विष लाग्छ नखाएको विष लाग्दैन, एक दुई दिन मजा लिन दिनुहोस्।'

'धेरैलाई त्यस्ता करोडौंको प्रस्ताव राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्, नभए के हुन्छ देखिहाल्नुभयो ' मन्त्री बास्कोटाले भने -'त्यो काम मैले गरे कि गरिन हेर्दा होला ।'

मन्त्री बास्कोटाको ७० करोड कमिसनको सेटिङ बाहिरियो (अडियोसहित) 

मन्त्री बास्कोटाले अप्रत्यक्ष रुपमा आफूलाई फसाउने षडयन्त्र भैरहेको बताए ।आफूले दिउँसो पत्रकार सम्मेलन गरेर अडियोको विषयमा आफूले बताउने मन्त्री बास्कोटले बताए ।

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर : काँग्रेस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको