Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सकाे दशाैं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिकाे बैठक भत्ता ११८ प्रतिशतले बढ्याे

निशा हुमाँगाई

शुक्रबार, १६ फागुन २०७६, १४ : ३५ मा प्रकाशित

रिलायन्स फाइनान्सकाे दशाैं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिकाे बैठक भत्ता ११८ प्रतिशतले बढ्याे

अर्थ संसार, काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडकाे दशाैं वार्षिक साधारण सभा आज (फागुन १६ गते शुक्रबार) बानेश्वर बैंक्वेट, थापागाउँ, बानेश्वर काठमाडाैंमा सम्पन्न भएकाे छ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएकाे दशाैं वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । लेखापरीक्षककाे प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ काे असार मसान्तसम्मकाे वासलात, नाफा नाेक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू पनि सभामा छलफल गरी पारित गरीएकाे छ । 

त्यस्तै, सभामा सञ्चालक समितिकाे तलव/भत्ता साविकको भन्दा ११८ प्रतिशतले बढाउने वृद्दि गर्ने र साे बमाेजिम नियमावली संशाेधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिएकाे छ ।

संस्थाकाे सञ्चालक समिति तलव/भत्ता साविकमा अध्यक्षको प्रति बैठक भत्ता ५ हजार ५ सय  र अन्य संचालक समितिको प्रति बैठक भत्ता ५ हजार रुपैयाँ रहेकोमा अब अध्यक्षको प्रति बैठक भत्ता १२ हजार रूपैयाँ र अन्य सञ्चालक समितिकाे प्रति बैठक भत्ता १० हजार रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, सभामा सञ्चालक समितिबाट सिफारिस भई नेपाल राष्ट्र बैंकबाट स्विकृत गरे बमाेजिम आर्थिक वर्ष २०७५/७६ मा भएकाे मुनाफाबाट संस्थाकाे चुक्ता पूँजीकाे ६.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको