Like us!
Follow us!
Connect us!
Watch us!

२८ वटा हाइड्रोपावर कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको नाफा कति ?

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, ०५ : २७ मा प्रकाशित

२८ वटा हाइड्रोपावर कम्पनीको वित्तीय विवरण सार्वजनिक,  कुनको  नाफा कति ?

अर्थ संसार, काठमाडौं – विभिन्न २८ वटा जलविद्युतहरुले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल धिताेपत्र बजारमा ३३ वटा जलविद्युत कम्पनीहरू सूचीकृत रहेपनि हालसम्म २८ वटा कम्पनीहरूले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

सबैभन्दा धेरै नाफा कमाउनेमा :

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा २८ वटा जलविद्युत कम्पनीहरूमध्ये बुटवल पावर कम्पनी लिमिटेडले सबैभन्दा धेरै नाफा कमाएकाे छ । कम्पनीले ८५ कराेड ८८ लाख ६७ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

नशा शेयर बजारको, पेशा वकिल भएका शेयर विश्लेषक कञ्चन कृष्ण न्यौपाने भन्छन् नेप्से ३००० देखि ३५०० पुग्छ,यस्ता देख्छन आधारहरु (भिडियो अन्तरवार्ता) 

उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १३ दशमलव २७ प्रतिशत प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले  ७५ करोड ८२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

प्रतिशतका आधारमा नाफा बढ्नेमा :

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा अरूण काबेलीकाे नाफा सबैभन्दा धेरै प्रतिशतले बढेकाे छ । कम्पनीकाे नाफा १५८० दशमलव ६४ प्रतिशतले बढेर ४ कराेड २८ लाख ७३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षकाे यसै अवधिमा कम्पनीले २५ लाख ५१ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे । 

नाफा घटकाे आधारमा :

यस्तै, २८ वटा जलविद्युत कम्पनीहरूमध्ये ७ वटा जलविद्युत कम्पनीकाे नाफा गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा घटेकाे छ । आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखाेला हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन हाइड्रोपावर कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र अपर तामाकाेशी कम्पनी लिमिटेड घाटामा रहेका छन् ।

अन्य जलविद्युत कम्पनीहरूकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

5e6767a6a59da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको