Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बाटै अस्विकृत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान छुट अफर

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, १२ : ३६ मा प्रकाशित

मन्त्रिपरिषद् बाटै अस्विकृत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान छुट अफर

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण अन्तिम चरणमा पुगेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवामा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीलाई भन्दै तयार पारेको छुट योजना अस्वीकृत भएको छ। प्राधिकरणले ६ महिना अगाडि नै छुटको प्याकेज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलमा पठाएको थियो।
मन्त्रालयले पनि अर्थ मन्त्रालयको सहमति लिँदै उक्त प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। तर, मन्त्रिपरिषदेको विधायन समितिबाट उक्त छुटकाे प्रस्ताव अस्वीकृत भएको हाे।पर्यटन मन्त्रालयका एक सह-सचिवले हचुवाको भरमा आर्थिक पाटो नै विश्लेषण नगरी पठाइएको विमानस्थल सञ्चालनको सुरुवाती चरणमा दिने छुट प्याकेज अस्वीकृत गरेकाे बताए । प्राधिकरणले विमानस्थल सञ्चालन गर्ने तयारी सँगै अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीलाई दुई वर्षसम्म दिने छुटको प्याकेज तयार पारे पठाएको थियो।

प्राधिकरणको बोर्ड बैठकले छुटको प्याकेज तयार पार्दै मन्त्रालयमा पठाएको थियो भने मन्त्रालयले पनि अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद् पठाइएको थियो।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई दिने छुट प्याकेज प्राधिकरणले २०२० डिसेम्बर ३१ सम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने गरी प्रस्ताव पेस गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई दुई वर्षसम्मको प्रोत्साहन प्याकेज दिने गरी प्रस्ताव मन्त्रालयमा पठाएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको