Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंककाे विशेष साधारण सभा स्थगित

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, ०९ : ३९ मा प्रकाशित

सिटिजन्स बैंककाे विशेष साधारण सभा स्थगित

अर्थ संसार, काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे विशेष साधारण सभा  स्थगित भएकाे छ ।

बैंककाे हिजाे (चैत्र ८ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हाल संसार भर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले नेपाल सरकारले कुनैपनि सार्वजनिक स्थलहरूमा २५ जना भन्दा धेरै व्यक्ति भेला नहुन निर्देशन दिएकाले उक्त सभा स्थगित गरेकाे हाे । 

बैंककाे फागुन २१ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पाँचाैं विशेष साधारण सभा चैत्र १० गते साेमबारका दिन अमृतभाेग, कालिकास्थान, डिल्लीबजार,काठमाडाैंमा गर्ने तय भएकाे थियाे ।

त्यसैगरी, अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरिएकाे बैंकले जनाएकाे छ । 

त्यस्तै, सहयोगी विकास बैंकलाई १ः०.९१ कित्ता शेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

5e76ea57756ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको