अर्थ संसार, काठमाडौं – विश्व महामारीको रूपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरू गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ ।
सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरू आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल केन्द्रित रहेकाे थियाे ।
यसैगरी, उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारी बारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता स्पष्ट पारेका छन् ।
यी विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराएका छन् ।
त्यसैगरी, उक्त छलफल कार्यक्रममा परिसंघका पदाधिकारी तथा गभर्निङ्ग काउन्सिलका सदस्यहरूको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस