Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना नियन्त्रण कोषमा राष्ट्रिय वाणिज्य बैंककाे डेढ करोड सहयोग

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १५ : ०९ मा प्रकाशित

कोरोना नियन्त्रण कोषमा राष्ट्रिय वाणिज्य बैंककाे डेढ करोड सहयोग

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एक करोड ५० लाख रूपैंया आर्थिक सहयोग प्रदान गरेकाे छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५० लाख रूपैंया आर्थिक सहयोग गरेको हाे ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।   

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरूमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरू देहाय बमोजिम खोलिएका छन् । यी खाताहरूमा Connect IPS, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने छ ।

१. १ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रं–१ कोरोना जन सुरक्षा कोषको खाता नम्बर : २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर 

२. २ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार  कोषको खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर

३. बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा

४. गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक

५. ५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर : ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल

६. कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको खाता नम्बर : ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत

७. सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी

5e846050d77b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको