Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चनपुरका सक्रिय युवा संगठनद्वारा विपन्न र अशक्त घरधुरीलाई राहत वितरण

आइतबार, २३ चैत्र २०७६, १२ : २६ मा प्रकाशित

कञ्चनपुरका सक्रिय युवा संगठनद्वारा विपन्न र अशक्त घरधुरीलाई राहत वितरण

अर्थसंसार, कञ्चनपुर । स्थानिय तहमा विशेष गरी लकडाउनको प्रत्यक्ष्य प्रभाव परेको छ । अति विपन्न वर्गमा देखिएको खाद्यान्नको अभावलाई मध्यनजर गर्दै कञ्चनपुुरका युवाहरुले गरीब तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

बेलौरी नगरपालिकाका दुुई सक्रिय संगठन बेलौरी काठमार्डौ समाज र बेलौरी युवा मञ्च जापानले उक्त नगरपालिका भित्रका वडा नं ३, ४, ५ र ५ का ५० विपन्न र अशक्त घरधुरीलाई राहत वितरण गरेका हुन् ।

बेलौरी काठमार्डौ समाजका सन्देश भण्डारी र बेलौरी युवा मञ्च जापानका भगिरथ न्यौपानेको अगुवाइमा २० किलो चामल, १ किलो दाल, एक पोका नुन, आधा लिटर तेल र एक थान सबुन सहितको रसन हरेक हरेक घरधुुरीमा वितरण गरिएको हो । 

लकडाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिव तथा विपन्न मजदुरहरुका लागि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गर्न बेलौरीका युवाहरु क्रियाशिल देखिएका छन् । उनीहरुले बेलौरीमा विभिन्न दाताहरुबाट राहत संकलन गरी 
वितरण गरेका हुन् ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभर लकडाउको घोषण गरेसँगै अति विपन्न वर्गमा यसको प्रत्यक्ष प्रभाव परेको छ । हालसम्म सुुदुरश्चिममा मात्र ३ जना कोरोना संक्रमित फेला परेका छन् भने देशभर ९ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको