Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले तिर्यो २३ अर्ब पुँजीगत लाभकर, अन्त्य भयो विवाद

अर्थ संसार

आइतबार, ३० चैत्र २०७६, १९ : ४३ मा प्रकाशित

एनसेलले तिर्यो २३ अर्ब  पुँजीगत लाभकर, अन्त्य भयो विवाद

अर्थ संसार, काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले  २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ ।

उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा दाखिला भएको हो ।

 ठूला करदाता कार्यालयका अनुसार आयकर ऐन, २०५८ बमोजिम उक्त रकम प्राप्त भएको तथा उक्त कम्पनीसम्बन्धी सम्पूर्ण प्रकरण अन्त्य भएको छ । यसअघि दुई किस्तामा क्रमशः कम्पनीले ४ अर्ब ५० करोड र ४ अर्ब ६० करोड दाखिला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको